एन.आर.एन.ए. : चुनाव देखि मनोनयन सम्म

BY: himalayamail In कला तथा मनोञ्जन, यूके समाचार, लेख रचना

करिब दुई महिना अघि हामी नयाँ नेतृत्वको अन्तिम तयारीमा थियौँ । संसारभरिका गैरआवसीय नेपालीहरुको नेतृत्व चयन गर्न प्रतिनिधिहरु काठमाण्डौमा जम्मा भएका थियौँ । हायात होटलको ती केही दिनहरु यस्तो लाग्थ्यो हामी अर्कै दुनियाँमा छौँ । वास्तविक दुनियाँ बिर्सँदै फेरि फर्कन नपर्ने हो कि भन्ने भ्रममा थियौँ । चुनावमा उममेद्वार बन्नेहरु भन्दा हामी जिताउनेहरु अझ भनौँ हराउनेहरुको चहलपहल धेरै थियो । आफू हार्ने हेक्का भने त्यति धेरै थिएन । जे होस् निर्वाचन आखिर हारजीत मै टुङ्गिनुपर्ने थियो । त्यो बाहेक अरु उपाय निर्वाचन अगाडि मात्र सम्भव हुन सक्थ्यो तर भएन । अपेक्षाकृत ढंगबाट परिणाम आएपनि प्रतिद्वन्दीलाई जति कमजोर आँकलन गरिएको थियो त्यो भने सही ठहर भएन । जसले जसलाई जे आरोप लगाए पनि निर्वाचन यस्तो कठोर बाटो हो जे भएपनि नतिजामा पुग्नै पर्छ । कसले कसरि के गर्यो भन्दा पनि अरुले भन्दा आफूले बढी गर्न सकिएन भनेर चित्त बुझाउने बाहेक अरु उपाय हुनै सक्दैन । नतिजापछिका क्रियाकलापहरु त्यतैतिर गएको देखियो, जुन सकारात्मक छ ।

यसबीचमा निर्वाचन बाहेक मनोनयनबाट पदपूर्ति गरिनुपर्ने सबै प्रमुख पदहरुमा जिम्मेवारी प्राप्त भैसकेको छ । बिगतमा यी कामहरु  अलि ढिला हुने गर्दथे । यो अभियानमा संलग्न साथीहरुको धेरै संख्या भैसकेकोले नेतृत्वमा जाने चाहना पनि धेरैलाई हुनु स्वभाविक हो । सबैलाई जिम्मेवारी दिन सक्ने पनि होइन । मुख्य कुरा काम नै गर्नको लागि सधैँ भरी पद नै चाहिन्छ भन्ने बुझाई चाहिँ गलत हुन्छ । नयाँ साथीलाई पनि जिम्मेवारी दिँदै प्रोत्साहित गर्नु स्वभाविक नै मान्नुपर्दछ । तर नामको लागि पद बाँड्दै जाने र नपुगेर थप पदहरु सिर्जना गर्ने परिपाटीको भने अन्त्य हुन आवश्यक छ । नेतृत्वमा मनोनयन हुनुभएका सबै नयाँ, पुराना साथीहरुलाई शुभकामना व्यक्त गर्दै यस विषयमा मलाई लागेका केही धारणाहरु यो लेखमार्फत् प्रस्तुत गर्न चाहन्छु ।

संस्थाको प्रमुख संरक्षक को बन्ने ? भन्नेबारे किटानी व्यवस्था नभए पनि हालसम्म पूर्व अध्यक्षहरु र एकपटक अध्यक्ष बन्न चाहेको, बन्नै पर्ने तर हुन नसकेका संस्थापक सदस्य राम थापा हुनुभएको देखिन्छ । संस्थापक अध्यक्ष उपेन्द्र महतोको तीन कार्यकाल सकिएपछि देवमान हिराचन अध्यक्ष हुनुहुँदा पूर्व अध्यक्ष स्वतः प्रमुख संरक्षक हुनुभयो । देब मान हिराचनले दोस्रो कार्यकाल पनि अध्यक्ष बन्ने इच्छा व्यक्त गरेका कारण उहाँलाई चित्त बुझाउन प्रमुख संरक्षक बनाइयो । त्यसबेला राम थापा अध्यक्ष बन्ने भन्ने कुरा त भयो तर जीवा लामिछाने अध्यक्ष बनेर देवमान हिराचनलाई प्रमुख संरक्षक बनाइयो । जीवा लामिछाने पछि त राम थापा अध्यक्ष बन्न पाइन्छ भन्ने थियो । तर धेरै जना अध्यक्ष बन्ने तयारी भएपछि अन्त्यमा राम थापालाई प्रमुख संरक्षक, हितमान गुरुङलाइ र रामेश्वर शाहलाई संरक्षक बनाउँदा पनि शेष घलेले तेन्जी शेर्पा सग चुनावमा उत्रनु पर्यो । शेष घलेको दोस्रो कार्यकालमा भने जीवा लामिछानेलाई मुख्य संरक्षक बनाइयो । भवन भट्टको पालामा आउँदा फेरि संस्थापक अध्यक्षलाई प्रमुख संरक्षक बनाइनुपर्छ भन्ने मान्यता स्थापित गर्न खोजेको देखिन्छ । अहिले आएर फेरि पूर्व अध्यक्षमध्ये शेष घले नै प्रमुख संरक्षक बनाइयो । यसरि हेर्दा यो प्रमुख संरक्षकको पद आफ्नो शक्ति प्रमाणिकरण  र चित्त बुझाउनको लागि प्रयोग हुँदै आएको  पाइन्छ ।

विगतमा जे भएपनि संस्थापक अध्यक्षले नै संस्थाको प्रमुख संरक्षक बन्ने र अध्यक्षहरु स्वतः संरक्षक बन्दै जाने व्यवस्था भयो भने यो सम्मानीत स्थानको उचित कदर हुन्छ भन्ने लाग्दछ ।

सुरुका केही कार्यसमितिमा सल्लाहकारहरुमा सिमित व्यक्तिहरु हुनुहुन्थ्यो । पछि बढीमा ११ जना रहने व्यवस्था भएअनुसार अध्यक्षले आफूले आवश्यक ठाने अनुसार सल्लाहकार नियुक्ति हुँदै गर्नु भयो । भवन भट्टले यो प्रथालाई फरक ढङ्गले प्रयोग गरेको देखिन्छ । नेपालमा कार्यरत हाम्रो संस्थासँग सहकार्य गर्न पर्ने केही प्रतिष्ठित संस्थाहरु जस्तै नेपाल बार, पत्रकार महासंघ, उद्योग बाणिज्य महासंघ, पर्यटन बोर्डका अध्यक्षहरु पदेन सल्लाहकार हुने, वैज्ञानिक महावीर पुन तथा केही पूर्व पदाधिकारीहरु सहित विदेशबाट जम्मा तीन जना मात्रै सल्लाहकार राख्ने निर्णय भयो,  जुन सकारात्मक थियो । नेपालका प्रभावशाली संस्थाहरुको अध्यक्षहरु स्वतः सल्लाहकार बन्न तयार हुनुले हाम्रो संस्थाको विश्वसनीयता बढाउन सहयोग गर्दछ ।

     यो परम्परालाई कायम गर्न सकिएको भए राम्रो हुन्थ्यो । तत्कालीन अवस्थामा म एउटा धारको प्रतिनिधित्व गरेर सल्लाहकार चयन भएको थिएँ । अहिले त्यो अवस्था परिवर्तन भएको छ । पूराना साथीहरु हट्ने क्रममा आफू पनि नपर्नुलाई मैले अन्यथा लिएको छैन । म केन्द्रीय सल्लाहकार भएपछि बेलायतको कार्यसमितिको सल्लाहकार पनि बसी  दिनु पर्यो भन्ने तत्कालीन अध्यक्ष योग फगामीलाई मैले केन्द्रको  भएपछि सबै देशको सल्लाहकार भईहालियो फेरि किन जिल्लाको पनि हुन पर्छ र ? भन्दा खै यस अगाडि त सबैजना बस्नुभएको थियो त भन्दै हुनुहुन्थ्यो मैले मेरो सट्टा अर्को एक जनाले जिम्मेवारी पाउँछ नि भनेर चित्त बुझाइदिएको थिएँ ।

    पहिले पनि बढी विवाद भएको व्यक्ति फेरि पनि दोहोरिनुलाई भने मैले सहज रुपमा लिएको छुइन  । व्यक्तिगत रुपमा कसैप्रतिको विमति भन्दा गरिएका निर्णयहरुको कमसेकम केही आधारहरु हुनुपर्छ भन्ने हो । चुनावमा जित्न नसकेका  कसैलाई पनि कुनै पदमा लान हुन्न भन्ने पक्षमा म छैन । बरु त्यस्ता व्यक्तिहरुलाई उपयुक्त जिम्मेदारी दियर अभियानमा नै सक्रिय बनाउन सक्नु पर्दछ भन्ने लाग्दछ ।  कुनै पनि पदको गरिमा त्यो  पदले मात्र कायम गर्न सक्दैन त्यस्तो पदमा बस्नेको पृष्ठभूमि र कार्य क्षमताले मुख्य भूमिका निर्बाहा गर्दछ ।

त्यसै गरी एक व्यक्ति सधैँ भरी एउटै पदमा बसिरहने वा कुनै पद नपाए कामै नगर्ने प्रवृत्ति दुवै हानीकारक छन् । पद पाय पछि मात्रै अभियान र नेतृत्वको बचाव गर्न पर्ने पद नपाउदा राम्रै कामलाई पनि बिरोध गर्न पर्ने हाम्रो मानसिकतामा परिबर्तन ल्याउनु सक्नु पर्दछ । पद  अनुसारका अनुभबी व्यक्तिहरु चयन गर्न सकिएन भने त्यो पदकै गरिमा नरहने हुन सक्छ ।

धरैभन्दा धेरै साथीहरुलाई यो अभियानमा सक्रिय पार्ने उद्देश्यले सन् २०१७ देखि थालिएको नयाँ व्यवस्था ५१ सदस्यीय मानार्थ परिषदको  धारणालाई धेरैले मजाकको विषय बनाएको थियो  । केहि व्यक्तित्वहरु संस्थाको शुरु देखि लाग्नु भयको तर कुनै पदमा दाबि नगरेकाहरु पनि संरक्षक बनाइदै आएको परम्परा रोकेर वहाहरु सबैलाई (एक जना बाहेक) मानार्थ सदश्य बनायर यो परिषद्लाई साचिकै मान्य बनाउन खोजिएको थियो । तर कतिपयले त्यो पद स्वीकार समेत गरेनन् । अहिले परिषदलाई त्यति पदले नपुगी १०१ सदस्य बनाउने निर्णय भएको बुझिन्छ । ६५ जनाको त नाम नै तयारी  भइसकेको बुझिन्छ ।

    भाग लाउँदै जाँदा नपुगेपछि पद नै थप्ने निर्णय गर्नु उचित हुँदैन । कुनै पनि पदको लागि निश्चित मापदण्ड तय गरियो भने यो समस्या दोहोरिँदैन । ११ जना सल्लाहकार नियुक्ति गरेपछि शायद नराखी नहुने नामहरु छुटेर होला अब हुने बिशेष अधिबेशनमा यो संख्या थप गरेर २५ सदश्यीय सल्लाहाकार समिति बनाउने तयारि भएको बुझिन्छ । यस्तो नजिर बनाउदै जानु हुदैन । जे भयो भयो  जति थप गरे पनि कोहि न कोहि छुटेकै हुन्छ अब संख्या थपिनु हुँदैन भन्ने पक्षमा  छु । पद नपायर काम नगर्ने हरुले खासै संस्थाको भलो चितायको हुदैन आफ्नै मात्र दुनो सोझ्याउन लागेको हुन्छ भन्ने प्रमाणित हुन्छ ।
हुन् त यो सबै तर्क हरु मैले आफु सल्लाहाकार बन्न नपायकोले गर्यो भन्ने देखिन सक्छ । त्यसो त यो १४ वर्षे अभियानमा एक कार्यकाल बेलायतको राष्ट्रिय उप संयोजक, एक कार्यकाल केन्द्रीय सदस्य, एक कार्यकाल केन्द्रीय सल्लाहकार बाहेक,  अन्य जिम्मेवारी लिएको छैन । एक पटक केन्द्रिय सचिवको निर्बाचनमा भाग लियर हारियो । तर सकेजति राष्ट्रिय, क्षेत्रीय कार्यक्रमहरुमा संलग्न हुने आफूलाई लागेको धारणाहरु सार्वजनिक गर्ने गर्दै आएको छु । संस्थाले उठायका बिषयहरु कानुनी रुपमा स्थापित गर्ने कोशिश गर्दै आयको छु । पदभन्दा काम ठूलो हो भन्ने मान्यता राख्दै आयको छु  ।

धार्मिक, राजनीतिक र जातिय संस्थाका कार्यकारी पदमा रहेका व्यक्तिहरु यस संस्थाको पनि जिम्मेवार पदमा चुनाव लड्न नपाउने भनेर विधानमै व्यवस्था गरिएको विषय सधैँ विवादित रह्यो । चुनाव लड्न नपाउने भनेपछि मनोनित हुने पदहरु पनि हो भन्ने बुझ्न सकिन्छ । तर यसबारेमा मेरो धारणा त अन्य कुनै सक्रिय संस्थाको नेतृत्व नै गर्ने भएपछि किन यो संस्थामा पनि आउन पर्छ र ? समाजमा कुनै माध्यमबाट संलग्न वा स्थापित भैसकेपछि भएभरको संस्थामा  किन जिम्मेदारी लिदै  हिँड्न आवश्यक हुन्छ र ?  समाजमा आफूले खेलेको भूमिका अनुसार एउटै संस्थाको माध्यमबाट पनि सक्रिय रहन सकिन्छ नि ! बरु आफू रहेको वा आफूले नेतृत्व गरेको संस्थामै बढी सक्रिय भएर त्यसैलाई अझ बढी प्रभावकारी ढङ्गले सञ्चालन गर्न सकियो भने राम्रो हुन्छ जस्तो लाग्दछ ।

         विशेष गरी राजनीतिक आस्थाको आधारमा समाजमा स्थापित भइसकेका व्यक्तिहरु सबैजना सबैतिर नेतृत्व लिने होडमा लाग्नुभन्दा आफ्नै भातृ संगठनका लागि के कसरी सबै संस्थाको सहयोग समर्थन जुटाउन सकिन्छ भनेर ध्यान दिन आवश्यक छ । यो विषयमा अरुले प्रश्न उठाउनुभन्दा पहिले त्यस प्रकारको प्रश्न उठ्न नै नदिन सक्नु पर्दछ । कुनै पार्टीको भात्री संगठनको नेतृत्व पनि गर्ने अनि गैरआवासीय नेपाली संघको पनि विभिन्न पदमा सधै भरी टाँसीरहन पाए हुन्थ्यो भन्ने मानसिकताबाट मुक्त रहन सक्नुपर्दछ । म सन् २०१३ मा केन्द्रीय सदस्य हुँदा बेलायत पार्टीको अधक्ष्यबाट राजीनामा दियर उपाध्यक्षलाइ कार्यबाहक अधक्ष्य बनायका थियौ । त्यति बेला पार्टी र मोर्चा दुइटा हुन्थ्यो । पार्टी भूमिगत नै भएकोले राजीनामा दिन पर्दैन भनिए पनि मलाई त आफू पार्टी अधक्ष्य भएको थाहा छ नि भन्दै राजीनामा दिएको थिएं । पछि सल्लाहाकार मनोनित हुदा भने राजनीतिक जिम्मेदारी दिएको हुदा महाधिबेशन आयोजक समिति बाट राजिनामा दिन आबश्यक ठानिन साथै पार्टी एकताको थालनी भै सकेकोले यो बिषय ओझेलमा पर्यो ।

यावत बिमति रहे पनि यो नेतृत्वलाइ सहयोग गर्दै साच्चिकै हामीले  बिदेशमा बस्ने नेपालीहरुको सुख दुखमा साथ् दिन सक्नु पर्दछ ।हामीले आफुले सके जति जन्म भूमिको समृद्धिमा पनि सहभागी बन्दै जान सक्नु पर्दछ ।   नेतृत्वमा पुग्न नसकेकाहरुले नेतृत्वको बिरोध मात्रै गर्ने , नेतृत्वमा पुगेकाहरुले पनि विभिन्न कोणबाट उठाइएका प्रश्नहरुलाई चुनाबमा जित्न नसकेकोले बर्बराउन मात्र थालेको देख्ने ,  यस अगाडिका कमि कमजोरीहरु मुख्य नेतृत्वकै कारणले मात्र भयको भनि  आफु पनि क्रमिक रुपमा विभिन्न जिम्मेदारी सहित यो नेतृत्वमा पुगेको बिर्सेर पानि माथिको ओभानो बन्न खोज्ने हो भने  र  संस्थागत सामुहिक नेतृत्वको पहल गर्न सकियन भने जति पुरानो संस्था भय पनि खासै प्रभावकारी भूमिका निर्बाहा गर्न सक्ने छैनौ । बिश्वास तथा कामना गरौ बिशेष गरि नया नेतृत्वले   हायात होटलको त्यो परिदृश्यलाई बिर्सेर भविष्यमा फेरि साचिकै त्यो  अबस्थाको सामना गर्न नपर्ने  बन्दोबस्त  गर्ने छ ।

सुरेन्द्र नेपाल श्रेष्ठ

चौतारा, सिन्धुपाल्चोक ,हाल बेलायत
( लेखक अधिबक्ता तथा गैर आबासिय नेपाली संघका पूर्व सल्लाहकार हुन् )

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

रोग मात्र हैन डर-त्रास पनि सर्छ, मानसिक स्वास्थ्यमापनि ध्यान दियौ: डा. सुमाया राई

By डा. सुमाया राई मार्च २९ को दिन एक समाचारले सबैको ध्यान आकृष्ट गरेको हुनु पर्छ त्यो के भने जर्मनीको

Read More...

स्पेनमा थप तीन जना नेपालीलाई कोरोना संक्रमण

बार्सिलोना,अप्रिल १ (जीएनएन) स्पेनमा थप ३ जना नेपालीलाई कोरोना संक्रमण भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै

Read More...

बेलायतमा रहेका हाम्रा पाका आमाबाबा हरूलाई कोरोना भाइरसबाट कसरी जोगाउन सकिन्छ?: डा.सुमाया राई

By डा. सुमाया राईसंसार भरी कोरोना भाइरसबाट संक्रमित संख्याको वास्तविक चित्रबाट हामी निकै टाढ़ाछौं । WHO ले उपलब्ध गराई

Read More...

Leave a Reply

Mobile Sliding Menu