अमेरिकामा भीषण आँधी, कम्तीमा ११ जनाको मृत्यु

BY: himalayamail In America, मुख्य समाचार, समाचार

बीबीसी। दक्षिणी अमेरिकामा आएको भीषण आँधीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ। आँधीले तेज हावा र ठूलो वर्षा निम्त्याएको छ। अलाबामा, लुइजियाना र टेक्सस राज्यमा मृत्युका घटना भएको विवरण आएका छन्।

आँधीका कारण विद्युत्‌ आपूर्ति अवरुद्ध हुँदा दशौँ हजार मानिस प्रभावित भएका छन्। केही घरहरू ध्वस्त भएका छन् भने कतिपय सडक डुबानमा परेका छन्।

टोर्नेडो आउने भनेर शनिवार कैयौँ चेतावनी जारी गरिएका थिए। अलाबामा चाहिँ सबैभन्दा जोखिममा रहेको बताइएको छ। मध्यपश्चिमी क्षेत्रमा हिमपात हुने अनुमान गरिएको छ भने शिकागोका प्रमुख दुई विमानस्थलमा शनिवार सयौँ उडान रद्द गरिएका छन्।

लुइजियानास्थित बोसिएर प्यारिश शेरिफ कार्यालयले जनाए अनुसार आँधीले शुक्रवार अस्थायी घर उडाउँदा एक ज्येष्ठ दम्पतीको ज्यान गएको हो। घरमाथि रूख ढल्दा अर्का एक जनाको ज्यान गएको छ।

मौसमसम्बन्धी निकाय एनडब्ल्यूएसले अलाबामा राज्यमा पर्ने पिकेन्स काउन्टीमा तीन जनाको ज्यान गएको पुष्टि गरेको छ। अलाबामाको बर्मिङ्घमस्थित एनडब्ल्यूएसको कार्यालयले मृत्युबारे ट्विटरमार्फत्‌ जानकारी गराउँदै भनेको छ, “यी चेतावनीहरूलाई गम्भीरतापूर्वक लिन आग्रह गरिन्छ।”

टेक्ससमा दुई जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। धेरै ठाउँमा बिजुलीका खम्बा र रूखहरू ढलेका विवरण प्राप्त भएका छन् भने आँधीले थुप्रै घरमा क्षति पुर्‍याएको छ।

मिजुरी, ओक्लोहोमा र आर्कन्सामा पनि आँधीले सम्पत्तिमा क्षति पुर्‍याएको छ। आँधीबाट प्रभावित मानिसहरूलाई सुरक्षित स्थानमा आश्रय लिन तथा डुबानमा परेका सडकहरूमा ननिस्कन आह्वान गरिएको छ।
डिसी नेपाल

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

रोग मात्र हैन डर-त्रास पनि सर्छ, मानसिक स्वास्थ्यमापनि ध्यान दियौ: डा. सुमाया राई

By डा. सुमाया राई मार्च २९ को दिन एक समाचारले सबैको ध्यान आकृष्ट गरेको हुनु पर्छ त्यो के भने जर्मनीको

Read More...

स्पेनमा थप तीन जना नेपालीलाई कोरोना संक्रमण

बार्सिलोना,अप्रिल १ (जीएनएन) स्पेनमा थप ३ जना नेपालीलाई कोरोना संक्रमण भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै

Read More...

बेलायतमा रहेका हाम्रा पाका आमाबाबा हरूलाई कोरोना भाइरसबाट कसरी जोगाउन सकिन्छ?: डा.सुमाया राई

By डा. सुमाया राईसंसार भरी कोरोना भाइरसबाट संक्रमित संख्याको वास्तविक चित्रबाट हामी निकै टाढ़ाछौं । WHO ले उपलब्ध गराई

Read More...

Leave a Reply

Mobile Sliding Menu