बलेवा बिमानस्थल कालोपत्रे सुरु

BY: himalayamail In नेपाल, मुख्य समाचार, समाचार

बागलुङ नगरपालिका नारायणस्थानमा रहेको बलेवा बिमानस्थल शुक्रबारदेखि पक्की धावनमार्ग निर्माणको काम थालिएको छ । बागलुङ नगरपालिका वडा नं. १४ का अध्यक्ष चक्रबहादुर खत्रीले एक कार्यक्रमकाबीच पक्की धावनमार्ग निर्माणको शिलान्यास गरे । उनले बर्षौदेखि रोकिएको बलेबा बिमानस्थल दिगो रुपमा संचालनको लागि बाटो खुलेको समेत बताए । गत बर्ष बलेवा बिमानस्थल संचालनमा ल्याइएको थियो । तर उक्त बिमानस्थलसम्म पुग्ने सडक र बिमानस्थल समेत कच्ची भएकोले उडान प्रभावित थियो । पानी परेपछि उडान रोकिएको थियो । बर्षातमा कालीगण्डकी करिडोर हिलाम्मे भएकोले सवारी साधन पुग्न नसकेपछि उडानको औचित्य नभई रोकिएको हो ।

अहिले भने मालढुंगादेखि कुश्मीसेरा जाने सडकको पानी ट्यांकीसम्म कालोपत्रे गर्ने काम भैरहेको छ । करिडोरले पनि आगामी बर्ष पक्की बनाउन तयारी गरेकोले मैदान समेत पककी बनेपछि जहाज संचालन सहज हुने बताइएको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणको ७ करोड बजेटमा ७ सय मीटर लामो र २३ मीटर चौडा मैदान कालोपत्रे गरिने खत्रीले जानकारी दिए । त्यसका लागि बलेवामा बुल्डोजर पनि पुगेको छ । बुल्डोजरले पक्की धावनमार्गको काम हुने खण्डलाई खनेर गहिरो बनाएपछि ढुंगागिटी बिच्याउने र कालोपत्रे गर्ने काम पनि सुरु हुन्छ । काष्ठमण्डप कन्स्ट्रक्सन प्रा.लि.ले यो मैदान निर्माण गर्ने जिम्मा पाएको हो । ७ करोड लागतमा आगामी दशै सम्ममा काम सक्ने गरी जिम्मा लिएको ठेकेदार कम्पनीले बताएको छ । खत्रीले पनि एक बर्षमा काम सक्नेगरी जिम्मा लिएकोले छिटै काम हुने बताए ।

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

बेलायतमा रहेका हाम्रा पाका आमाबाबा हरूलाई कोरोना भाइरसबाट कसरी जोगाउन सकिन्छ?: डा.सुमाया राई

By डा. सुमाया राईसंसार भरी कोरोना भाइरसबाट संक्रमित संख्याको वास्तविक चित्रबाट हामी निकै टाढ़ाछौं । WHO ले उपलब्ध गराई

Read More...

तनहुँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ जना घाइते

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आइतबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु

Read More...

कर्णालीमा एक हजार शैयाको क्वारेन्टाइन बनाइने

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकाले एक हजार बेडसहितको क्वारेन्टाइन स्थापना गर्न लागेको छ। शुक्रबार बसेको

Read More...

Leave a Reply

Mobile Sliding Menu