बेलायतमा रहेका हाम्रा पाका आमाबाबा हरूलाई कोरोना भाइरसबाट कसरी जोगाउन सकिन्छ?: डा.सुमाया राई

BY: Jagan Karki In Uncategorized

By डा. सुमाया राई
संसार भरी कोरोना भाइरसबाट संक्रमित संख्याको वास्तविक चित्रबाट हामी निकै टाढ़ाछौं । WHO ले उपलब्ध गराई रहेको संख्यालाई मात्रै हेर्नेहो भनेपनि संक्रमण हुने संख्यामा भारी मात्रामा वृद्धि हुने अवस्था जारीनै रहेको छ ।यद्दपि यस संक्रमण विरूद्धको खोपको खोज र अनुसंधान युद्ध स्तरमा जारीनै छ तथापि त्यो खोप आम मानिसको पहुँचसम्म आई रहँदा सम्म असंख्य व्यक्तिहरू यस संक्रमणको शिकार भई सक्ने छन भन्ने कुरामा अब कुनै दुईमत रहेन ।

कोरोना भाइरसबाट संक्रमित भै निको हुनेहरू र यस संक्रमणबाट मृत्युहुनेको उमेर समुहको बिच एक स्पष्ट रेखा खिचिएको पाइएको छ । विभिन्न मिडिया र समाचारस्रोतले कोरोना भाइरसलाई एक सामान्य भाइरसको रूपमा व्याख्या गर्ने गरेको पाइन्छ । मात्र यति हो कि शारीरिक रूपले कमजोर रहेका व्यक्तिहरू र जो व्यक्तिमा रोगप्रतिरोधक क्षमताको कमी छ उसलाई यस भाइरसले ज्यानै लिने सम्मको प्रभाव राख्दछ । यही कारणहो कि विश्वभरी अहिले सम्म यस भाइरसको संक्रमणले मृत्युभएकाको आँकड़ामा वृद्धहरू र लामो सम्म देखी कुनै प्रकारको दिर्घरोगसंग आक्रान्त व्यक्तिहरूको संख्या धेरै छ ।

कोरोना भाइरसले व्यक्तिको शारीरिक स्वास्थ्यलाई मात्रै होईन उस्को मानसिक स्वास्थ्यमाथिपनि पुरै नकारात्मक प्रभाव पारेको छ परिवार लगायत छरछिमेक , राष्ट्र र सम्पुर्ण विश्वलाईनै एकल चुनौती दिनमा सक्षम रहेको दृष्टांत हामी समक्ष उभिएको छ । यस महामारीले कुनै एक क्षेत्र, देश वा महादेशमात्रै नभै सारा विश्वले मिलेर एकजुट भएर यस कोरोना भाइरसको विरूद्धमा लड़नु पर्ने बेला आएको छ ।

संदर्भ बेलायतमा बसोबास गरीरहनु हुने हाम्रा पाका, जेष्ठ नागरीकहरूलाई यस कोरोना भाइरसको महामारी बाट कसरी जोउन सकिन्छ ?? यो अहिलेको नितांत जल्दो बल्दो प्रश्न छ हामी बेलायतबासी नेपालीहरूको लागी । लगभग २०,००० बीस हजारको हाराहरीमा हाम्रा वृद्ध बाबा आमाहरूको संख्या रहेको अनुमान छ । अहिले वहाँहरू निकै जोखिममा रहेको अनुमान गर्न गाह्रो छैन ।

बेलायतमा आवासिय भिसा प्राप्तिसंगै ठुलो संख्यामा हाम्रा बाबाआमाहरू बेलायतमा बसाई सर्नु भयो । तर, यताको नितांत फरक संस्कार, संस्कृति र भाषाले उनीहरूलाई ठुलो समस्या आई लागेको वास्तविकताका साथसाथै यताको हावापानी, वातावरण र मौशमको प्रकिकूलतालेपनि सताउन सम्म सताएको उदाहरण हामी समक्ष छ । सामुहिकरूपमा बसोबास न हुँदोहो त उनीहरूलाई एकाकीपनाको रोगले निकै गाँज्ने थियो होला । यस अलावा बेलायतमा नेपालीहरूको निकै बाक्लो उपस्थितका परिणामस्वरूप विभिन्न जातिय, सामाजिक, धार्मिक र राजनैतिक आस्थाका आधारमा स्थापित संघ संस्थाहरूको क्रियाकलापहरूमा उपस्थिती भै रहँदा , यदाकदा हुने रमाईलोले उनीहरूको एकाकीपनलाई केहीहद सम्म कम गर्ने काम गरेको छ । यद्यपि हाम्रा वयोवृद्धहरूलाई यति मात्रले उनीहरूको सम्पुर्ण ईच्छा आकांक्षा, आवश्यकताहरू त पुर्ण हुन्न त्यो कुरा पक्कै हो । एकातिर आफ्नो माटोबाट टाढ़िनुको पीड़ा त छदैंछ त्यसमाथि एकाकीपनको मन्दविषले विस्तारै गलाउदै लग्ने संभावना उतिकै प्रबल रहेको छ ।

समयमै यिनी वृद्ध पाकाहरूलाई ध्यान पुर्याइएन भने हाम्रा यिनी बुजुर्गहरूलाई कोरोना भाइरसले आफ्नो चपेटमा लिन कतिपनि समय लगाउने छैन । हुनत बेलायती सरकारले यस महामारीसित लड़ने र जोगिने सम्बन्धी मैशेज र सर्कुलर जारी त गरीनै रहेको छ साथसाथै केजिंगटन पैलेस, लंडन स्थित नेपाली राजदुतावासले पनि नेपालीहरूमाझ जनचेतना संबंधि जानकारीहरू गराई रहेकै छ । यद्दपि यतिमात्रले हाम्रा वयोवृद्धहरूलाई पुग्दैन होला । त्यसहुनाले अब हाम्रा जातिय, सामाजिक संघ संस्थाहरू र त्यसमा संलग्न रहेका महानुभावहरूले अहिलेको विषम परिस्थितिलाई सामना गर्न अगाडी आउने पर्ने हुन्छ ।

यस पंक्तिकारलाई लागेको केही कुराहरू बुँदागत रूपमा राख्न चाहें :-

१. हाम्रा बाबाआमालाई व्यक्तिगत सरसफाईप्रति पुरा जानकारी गराउनु पर्दछ , सिकाउनु पर्दछ , proper toilet training दिनु पर्दछ , हाथ र खुट्टालाई बराबर धोई पखाली गरी सुख्खा राख्न र सेनेटाइजरको प्रयोगलाई कहिल्यै नबिर्सी जारी राख्न सिकाउनु पर्दछ ।

२. हाम्रा बाबाआमालाई भाषाको समस्या, self-drive को समस्या हुने हुनाले उनीहरूको दैनिकीमा चाहिने खानपीनको सामग्री , औषधिमुलो , प्राथमिक उपचार (first add )को सामग्रीहरूमा सजिलो पहुँच बनाई दिनु पर्दछ । ( खान पिनको सामग्री किन्नलाई घण्टौं लाईनमा उभिनु पर्ने बाध्यता र जसोतसो पालो आयो भनेपनि उपभोग्य सामग्री सकीसकेको अवस्था छ ) यस कुरालाई मध्येनजर गर्दै हाम्रा वृद्ध आमाबाबालाई सहयोग गर्नकोलागी सकेसम्म स्वयंसेवीको रूपमा अघि बढ़नु पर्छ ।

३. सके सम्म बाहिर ननिस्कन सल्लाह दिनु पर्छ । बाहिर निस्कदा के के जोखिम हुन सक्छ त्यो झर्को नमानी विस्तार पुर्वक सिकाउनु पर्दछ ।

४. आफ्नो शरीरलाई सक्दो तातो बनाई राख्नु पर्ने र पौष्टिक आहार , तातो र झोलिलो कुरा खानु पर्ने । पानी प्रशस्तै पिउनु पर्ने सुझाव दिने र प्रेरित गर्नु पर्दछ ।

५. एकाकीपन कुनैपनि मानिसकोलागी डरलाग्दो अवस्था हो । वृद्धावस्थाकोलागी त झन अभिशाप जस्तै हो तसर्थ बेलाबेलामा उनीहरूलाई फोन वा मोबाइलमैं भएपनि बोल्न बोलाउने गर्नु पर्छ , भलाकुसारी गरी रहनु पर्दछ जस्ले गर्दा उनीहरूमा मानसिक रूपले आफुलाई एक्लो महशुस नगरून ।

६. धमिलो पानीमा माछा मारे जस्तै अहिले कोरोना निदान गर्न घरघरमा ढोका ढकढक्याई स्वास्थयकर्मी अथवा काउंसिलबाट खटाईएको भन्ने घरभित्र छिरेर लुटपाट र डाका गर्ने र कहिले कहिं ज्यानलाई जोखिममा पारिदिने सम्मको क्रियाकलापबाट जोगिनकोलागी सचेत गराउने । नचिनेकोलाई ढोका नखोल्ने भनी सचेत गराउने ।

७. कोरोना भाइरस के हो ? सत्य तथ्य जानकारी गराउनु पर्छ किन भने अहिले धेरै प्रकारको भ्रमको खेती भैरहेको अवस्थामा हाम्रा बुजुर्गहरू अन्योलमा पर्न सक्छन उदाहरणकोलागी – प्रभु ईशुले निको पार्न सक्छन , बुद्ध मन्त्रोचारणले शन्चो बनाउछ , गायत्री मन्त्रले यो रोग भगाउछ आदि इत्यादि । यी सबै कुराले मानसिक रूपमा दृढ़ बनाउनमा तात्कालिक असर त गर्ला तर यस्ता विधिले रोग निको हुन्न भन्ने कुराको सचेतना गराउन आवश्यक पर्दछ ।

८. हालै लंडनको साउथह्यारो बस्नु हुने एक बुजुर्ग नेपालकालागी संखुवासभाबासी श्री लिला राईज्युको कोरोना भाइरसको संक्रमणले मृत्यु भएकोछ । साथै वहाँका अन्य पारिवारिक सदस्यहरूलाई संक्रमित हुन सक्ने आशंकामा आईसोलेशनमा राखिएको छ । बेलायतमा संभवतः कोरोना भाइरसको संक्रमणले मृत्यु हुने वहाँ पहिलो नेपाली हुनु पर्छ । वहाँ एक भु पू सैनिक हुनु हुन्थ्यो र निजको निकै अघि मृगौला ट्रान्सप्लान्ट पनि भएको थियो ।

एवंम् प्रकारले नेपाली समुदायभित्रपनि यो महामारीले प्रवेश पाई सकेको छ ।


अत: अबको दिनहरूमा अत्यन्तै संवेदनशीलता अपनाई आफुलाई पनि यस महामारीबाट जोगाउनु पर्दछ साथै हाम्रो नेपाली समुदाय भित्रका अत्यन्तै जोखिममा रहनु भएका वृद्ध, वयोवृद्धहरुलाईपनि जोगाउनु अत्यन्तै आवश्यक भएकोले व्यक्ति-व्यक्ति र खास गरी यहाँका संबंधित संघ-संस्थाले जीवंत भुमिका खेल्नु पर्ने आजको आवश्यकता टड़कारोरूपमा रहेको छ ।

[मनोविज्ञानमा बिध्यावारिधी गर्नुभएकी डा राई त्रिवी मनोविज्ञान विभागकी पूर्व उपप्राध्यापक हुनुहुन्छ । वहाँ हाल बेलायतमा बसोवासरत हुनुहुन्छ ]

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

तनहुँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ जना घाइते

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आइतबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु

Read More...

कर्णालीमा एक हजार शैयाको क्वारेन्टाइन बनाइने

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकाले एक हजार बेडसहितको क्वारेन्टाइन स्थापना गर्न लागेको छ। शुक्रबार बसेको

Read More...

मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबु–छोराको मृत्यु, श्रीमती घाइते

बनेपा : काभ्रेमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबु,छोराको मृत्यु भएको छ। बनेपाबाट भक्क्तपुरतर्फ जाँदै गरेको बा५ख २३९०

Read More...

Leave a Reply

Mobile Sliding Menu