एसियन महिला असोसिएसनको नारी दिवस

In मुख्य समाचार, यूके समाचार

 

लन्डन । एसियन महिला असोसिएसन (आमा) ले गत ५ मार्चमा १०७ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा आमाले दृष्टिविहीन नेपालीका हितमा कार्यरत संस्था ब्लाइन्ड रक्सलाई एक लाख एक रुपैयां सहयोग गरेको छ । संस्थाले गत वर्षको तीज कार्यक्रममा राफल चिठ्ठाबाट संकलित रकम ब्लाइन्ड रक्सकी संस्थापक दृष्टिविहीन सृष्टि केसीलाई हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथी थिए ब्लाइन्ड रक्सकी संस्थापक दृष्टिविहीन सृष्टि केसी र रसमुर मेयर ज्याकी भोस्पेर । सम्वोधनका क्रममा सृष्टिले मानिसको दृष्टि गुमेपनि आत्माविश्वास लिएर जीवनमा धेरै गर्न सकिने बताइन् । आंखामा एलर्जी भएर जचाउंन जांदा चिकित्सकको लापरवाहीले १६ वर्षको उमेरमा पुरै दृष्टि गुमाएकी उनले आफ्नो अनुभव र संस्थाका गतिविधिबारे प्रकाश पारेकी थिइन् ।
आमाकी अध्यक्ष अम्बिका खड्काको सभापतित्वमा भएको कार्यक्रममा मेयर ज्याकी भोस्पेरले महिलाहरुले आफ्नो अधिकारका लागि आवाज उठाउनुपर्ने जनाउंदै प्रत्येक पुरुषको सफलता पछाडि महिलाको मुख्य भूमिका रहने बताइन् । कार्यक्रममा संस्थापक अध्यक्ष माया केसी, मिस यूके नेपाल ०१६ की फस्ट रनरअप प्रशंसा लिम्बु, भाविका लोप्चन, नन्दकुमारी गुरुङ लगायतले पनि आ आफ्ना धारणा राखेका थिए । कार्यक्रमका केही महिला वक्ताले मानसिक तनाव र घरेलु हिंसा सम्वन्धि अनुभव समेत बांडेका थिए ।

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

महिलामा हुने विभेद व्यावहारिक रुपमा अन्त्य गरिनुपर्छ : मन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गरिनुपर्नेमा जोड दिएका छन्। ‘इन्टरनेश्नल गर्ल्स

Read More...

आठाैं राष्ट्रिय खेलकुद भव्य रुपमा सम्पन्न

नेपालगन्ज : दुई वर्षपछि गण्डकी प्रदेशमा भेट्ने वाचासहित आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन भएको छ । बुधबार आयोजित भव्य समारोहका

Read More...

विष्णु पौडेल निर्दोष भए बालुवाटार जग्गा प्रकरणमा दोषी को?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलले पछिल्ला दुई सातामा दुइटा विज्ञप्ति निकालेर बालुवाटार जग्गा प्रकरणमा आफ्नो संग्लनता भए

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu