युरोपेली युनियनले सुरक्षा बजेट बढाएकोमा राष्ट्रसंघको चिन्ता

In English, मुख्य समाचार

संयुक्त राष्ट्रसंघ, ३ असार । युरोपेली युनियनले सुरक्षा क्षेत्र अन्तर्गत सैनिक खर्च बढाएकोे समाचारप्रति संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

युरोपेली युनियनले उसको बजेटमा सुरक्षा खर्चको मात्रा बढाउन लागेको बताएको थियो । युरोपेली आयोगका अध्यक्ष जिन क्लाउड जंकरले सो कुराको खुलासा गर्नुभएको हो ।

उहाँले युरोपेली यनियनले आफ्नो सैनिक बजेटमा बढोत्तरी गरी कम्तीमा पनि पूरै खर्चको १.३ प्रतिशत बनाएको हो । यसप्रति कतिपय अन्य पदाधिकारीले पनि विरोध जनाएका थिए ।

तर संयुक्त राष्ट्रसंघले यसअघि पनि युनियनलाई सुरक्षाको सट्टामा मानवीयतासम्बन्धी खर्चमा बृद्धि गर्नुपर्ने भन्दै आग्रह गर्दै आएको थियो । यसको सट्टा युरोपेली युनियनले युनियनको कुल ग्राहस्थ्य उत्पादनको कम्तीमा पनि १.३ प्रतिशत बजेट सैनिक खर्चका रुपमा छुट्टाइएको छ ।

पाराग्वेमा गत जुन ९ मा सम्पन्न राष्ट्रसंघीय एक सम्मेलनमा आयोग अध्यक्ष जंकरले युरोपेली युनियनले मानवीय सहायतासम्बन्धी कार्यक्रमहरुमा खर्च बढाउनुपर्नेमा सुरक्षा खर्च धेरै बनाइएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।
त्यसलगत्तै संयुक्त राष्ट्रसंघको मानवीय सहायता मामिला सम्बन्धी संस्थाका प्रमुख जोन गङ्गले सो बजेटका सम्बन्धमा चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले इयुलाई सुरक्षामा नभएर मानवीय सहायतासम्बन्धी आयोजनाहरुमा बजेट बढाउन आग्रह गर्नुभएको थियो ।

हाल युरोपेली युनियनको बजेटमा ०.७ प्रतिशत मात्र मानवीय सहायतासम्बन्धी शीर्षकमा छुट्टाइएको छ । यो बजेटको सिलिङ्ग बढाउन राष्ट्रसंघको आग्रह रहेको छ ।

गतहप्ता राष्ट्रसंघीय मुख्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले युरोपेली युनियनलाई मानवीय सहायता शीर्षकमा बजेट बढाउन र सो बजेटमध्येबाट कङ्गो र सेन्ट्रल अफ्रिकन रिपब्लिकमा छुट्टाउन आग्रह गर्नुभएको थियो ।

ती देशमा अहिले पनि द्वन्द्वको निकै ठूलो असर रहेकोले यस प्रकारको बजेटमा बृद्धि गरी मानवीय सहायताका क्षेत्रमा परिचालन गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई थियो ।

ती द्वन्द्वग्रस्त देशका कम्तीमा पनि ७३ लाख नागरिकलाई तत्कालै मानवीय सहायता आवश्यकता परेको जानकारी पनि उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो– यो जनसंख्यालाई तत्कालै सहायता चाहिनु भनेको सानो कुरा होइन । र अझ अर्काे कुरा गर्दा त्यहाँका १९ लाख बालबालिका अहिले नै कुपोषणबाट पीडित रहेका छन् र उनीहरुलाई तत्कालै पोषणयुक्त खानेकुराको ठूलो खाँचो छ ।

रासस-सिन्ह्वा

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

करेन्ट लागेर मजदुरको मृत्यु

बेनी : जलजला गाउँपालिका-३ वारीबेनीमा बुधबार दिउँसो करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ। केन्द्रीय प्रशारण लाइनको तारमा छोइएर करेन्ट लाग्दा

Read More...

राजतन्त्र पुनस्र्थापना हुने खतरा बढ्यो : केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चाले २०६२–०६३ सालको संयुक्त जनआन्दोलनका मुख्य उपलब्धि गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताविरुद्ध गम्भिर खतरा उत्पन्न भएको औंल्याएको

Read More...

सफल ब्यबसायी तथा समाजसेवी शकुन गुरुङको सह-कोशाध्यक्षमा उमेद्वारी

ब्यबसायी तथा समाजसेवी शकुन गुरुङले आसन्न गैर आवासीय नेपाली संघ बेलायतको सह-कोशाध्यक्षमा उमेद्वारी दिएकी छन् । एक सफल महिला

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu