विश्वकै ‘आइकोनिक भेन्यू’ वेम्ली एरिनामा नेपाली गीत संगीत गुन्जियो

In मुख्य समाचार, यूके समाचार

 

लन्डन । विश्वकै ‘आइकोनिक भेन्यू’ मानिन्छ वेम्ली एरिनामा शनिबार सांझ नेपाली गीत संगीत गुन्जियो ।

करिब ७ हजार दर्शकमाझ एकैपटक चार वटा नेपाली ब्याण्डले आफ्नो कला प्रस्तुत गरेका हुन् । कन्सर्टमा युवा मनका ढुकढुकी गायक बिपुल क्षेत्री (ट्राभलिङ ब्याण्ड), अल्बाट्रोस, कुटुम्ब अनि एज ब्याण्ड गरि चारवटा सांगीतिक समूहले एउटै प्लेटफर्ममा गीत संगीत प्रस्तुत गर्दा युवा दर्शकले संगै गाएर नाचेर साथ दिए ।

कार्यक्रमको शुरुमै नेपाली लोक बाजाको उत्थानमा समर्पित लोकप्रिय ब्याण्ड कुटुम्बले असारै महिनामा, रातो र चन्द्र सूर्य, सोध रामलाई लगायत गीत संगीत र धुन प्रस्तुत गरेर दर्शकलाई ‘वार्म अप’ गराएको थियो ।

कन्सर्टमा गायक विपुल क्षेत्रीले डढेंलो लाग्यो, अल्लारे यो जोवन, सिरिरी हावा बग्यो सुस्तरी, भेट भयो आज हामी लगायत आफ्ना कयौं हिट आइटम प्रस्तुत गरे ।

एज व्याण्डको प्रयास हो मेरो, नचाहेको होइन तिमीलाई…गीत देखि अल्बाट्रोसको रक म्यूजिकमा झुम्मिने दर्शकको कमी रहेन ।

सन् २०१३ मा नेपथ्यले पहिलो पटक वेम्ली ऐरिना टेकेको थियो ।

बी फेस्ट र पर्चा प्रोडक्सनले ‘जुन फेस्टिभल’ नामक 
कन्सर्ट गरेका हुन् । आयोजक पर्चा 
प्रोडक्सनका सिइओ समिर गुरुङले नेपाली कलाकार र गीत संगीतलाई अन्तर्राष्ट्रिय मञ्च दिनु आफूहरुको मुख्य उद्देश्य रहेको बताए ।

उक्त कार्यक्रम समिरसहित दीपेन्द्र लामा, सिद्धार्थ गुरुङ, कपिल गुरुङ, प्रशासन गुरुङ लगायतको संयुक्त प्रयासमा भएको हो ।

तस्विर सौजन्यः रुपक प्रजापति/के के मूभिज

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

सामुदायिक विद्यालयका ५ हजार दरबन्दी मिलान

काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक संख्या समायोजन गर्ने भएको छ । आगामी शैक्षिक सत्र शुरु

Read More...

बिहीबार सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

काठमाडौं । भोलि बिहीबार किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही पर्छ । धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो

Read More...

आज उधौली, धान्य पूर्णिमा र योमरी पूर्णिमा मनाइँदै

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu