अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार आधा घन्टा बन्द हुने

In नेपाल, मुख्य समाचार

 

काठमाडौँ, ८ असार । हवाई सुरक्षा अभ्यासका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, शुक्रबार आधा घन्टा बन्द हुने भएको छ ।

विमानस्थलले हवाई संयन्त्रलाई चुस्तदुरुस्त बनाउन आपत्कालीन योजना र यन्त्र उपकरणबारे विमानस्थलमा पूर्वअभ्यास गर्ने भएकाले अन्तर्राष्ट्रिय विमानस्थल अपराह्न ४ः३० देखि ५ः०० बजेसम्म आधा घन्टा बन्द हुनेछ । सो अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रियका सबै उडान अवतरण ठप्प हुने भएको छ ।

हवाई दुर्घटनाबारे आपत्कालीन योजना र यन्त्र उपकरणबारे सम्बन्धित निकायलाई अभिमुखीकरण गराउन पूर्वाभ्यास गर्न लागिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्यनन संस्था (आइकाओ) को नियमानुसार अन्तर्राष्ट्रिय मान्यताप्राप्त विमानस्थलले प्रत्येक दुई वर्षमा ‘फुल स्केल इमर्जेन्सी एक्सरसाइज’ गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्न लागिएको हो ।

फरक फरक ठाउँमा यस्तो अभ्यास गरिँदै आएको र अघिल्लो पटक विसं २०७१ मा भक्तपुरको साँघा केन्द्रमा गरिएको विमानस्थलले जनाएको छ । विमानस्थलले शुक्रबारको तयारीका लागि आज अपराह्न १५ मिनेट पूर्वाभ्यास गरेको थियो । विमानस्थलभित्र कार्यरत नेपाली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ‘क्विक रेस्पन्स एन्ड फायर फाइटिङ सर्भिस’ र ‘मेडिकल टिम’ को समन्वयमा सो अभ्यास गरिएको प्रवक्ता ठाकुरले बताउनुभयो ।

विमानस्थल नजिक बाँसको विमान बनाइएको छ । त्यसमा बिमान दुर्घटना र त्यसपछि हुने उद्धारको अभ्यास गरिने छ । अभ्यासका क्रममा विमानस्थलले यस पटक जहाज दुर्घटनाका एक घाइते यात्रुलाई हेलिकप्टरमार्फत ग्रान्डी अस्पतालसम्म पुरयाइने योजना राखेको छ । रासस

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

बालिका अपहरण आशंकामा एक जना पक्राउ जनमञ्च संवाददाता

बागलुङ– एक बालिका लाई अपरहरण गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ग्रहदशा हेर्ने बाहनामा गाउँ छिरेका एक

Read More...

निर्वाचनमा धाँदली भएकै होः कुल आचार्य

काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का अध्यक्षका प्रत्यासी तथा तत्कालिन उपाध्यक्ष कुल आचार्यले निर्वाचनमा धाँदली

Read More...

फरक स्वादको डार्टफोर्डको दशै तिहार शुभकामना साँझ सम्पन्न!

१९ अक्टोबर साँझ डार्टफोर्ड नेपाली समाजले एउटा नितांत भिन्न स्वाद र शैलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्यो। समाजका अध्यक्ष गजेन

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu