फिल्म फेयर अवार्डसका लागि लन्डन उत्रिए दुई दर्जन कलाकार, 
विमानस्थलमा भव्य स्वागत

BY: himalayamail In मुख्य समाचार, यूके समाचार

 

लन्डन । ‘दशौं नेशनल बक्स अफिस फिल्म फेयर अवार्डस’ कार्यक्रमका लागि नेपालबाट लन्डन आइपुगेका झण्डै दुई दर्जन कलाकारलाई बिहीबार हिथ्रो विमानस्थलमा भव्य स्वागत गरियो । अवार्ड कार्यक्रम आयोजकका तर्फबाट विकास देवकोटा, जीवन सेन, ओजेश सिंह, युवराज सिंह र करण तामाङले कलाकारको स्वागत गरेका हुन् ।

थर्ड आइले शनिबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा गर्न लागेको कार्यक्रममा सहभागी हुन पहिलो चरणमा कलाकार, प्राविधिकसहित २६ जना बिहीबार सांझ लन्डन उत्रिएका छन् ।

कलाकारहरु करिष्मा मानन्धर, आर्यन सिग्देल, अनुप विक्रम शाही, केकी अधिकारी, अशिष्मा नकर्मी, वर्षा सिवाकोटी, सुरबीना कार्की, नम्रता योगी, सलोन बस्नेत, गायक आनन्द कार्की, संगीतकार शिखर सन्तोष, प्रदीप उदय, पुस्कर लामा, रामकेशर बोगटी, ज्ञानेन्द्र देउजा, सुन्दरलाल श्रेष्ठ, कुशल थापा आदि लन्डन आएका हुन् । आयोजक थर्ड आइका अनुसार शुक्रबार पनि अन्य कलाकारहरु बेलायत आउने कार्यक्रम छ ।

‘पहिलो पटक बेलायत आउंदा ज्यादै उत्साहित छु’, नायक आर्यन सिग्देलले भने, ‘सात समुद्रपार हुन लागेको अवार्डस कार्यक्रमले नेपाली चलचित्र विकासमा फड्को मार्ने मेरो विश्वास छ ।’

नायिका करिष्मा मानन्धरलाई बेलायत नौलो होइन । कस्तुरी फिल्म निर्माणले उनलाई बेलायतकै पिआर होल्डर बिनोद मानन्धरसंग घरजम गरायो । पछिल्लोपटक सन् २०१० मा बेलायत आएकी करिष्माले यसपटक अवार्डसमा भाग लिन आउंदा बेग्दै उत्साह जागेको बताइन् । ‘यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र प्रवर्धन गर्न सघाउनेछ’, उनले भनिन् ।

नायिकाहरु केकी अधिकारी, सुरबीना कार्की र नम्रता योगी पनि हिथ्रो ओर्लंदा थकित तर उत्साहित देखिन्थे । ‘हामी कलाकर्मीहरुको चाहना नै नेपाली चलचित्र क्षेत्रले गति लिइरहोस् भन्ने हो’, केकीले भनिन्, ‘विदेशमा यस्ता कार्यक्रमले नेपाली दर्शकसंग प्रत्यक्ष साक्षात्कार गराउन पनि मद्दत पुग्छ ।’

सोमबार स्वदेश फर्कनुअघि कलाकारहरु सेन्ट्रल लन्डन घुम्ने योजनामा छन् ।

बेलायतमा पहिलोपटक हुन लागेको अवार्डस कार्यक्रमको उद्देश्य नेपाली चलचित्र प्रवर्धन गर्नु रहेको कार्यक्रम संयोजक थर्ड आइका विकास देवकोटाले बताए ।

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

बेलायतमा रहेका हाम्रा पाका आमाबाबा हरूलाई कोरोना भाइरसबाट कसरी जोगाउन सकिन्छ?: डा.सुमाया राई

By डा. सुमाया राईसंसार भरी कोरोना भाइरसबाट संक्रमित संख्याको वास्तविक चित्रबाट हामी निकै टाढ़ाछौं । WHO ले उपलब्ध गराई

Read More...

तनहुँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ जना घाइते

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आइतबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु

Read More...

कर्णालीमा एक हजार शैयाको क्वारेन्टाइन बनाइने

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकाले एक हजार बेडसहितको क्वारेन्टाइन स्थापना गर्न लागेको छ। शुक्रबार बसेको

Read More...

Leave a Reply

Mobile Sliding Menu