राप्रपा विभाजन, राणाको अध्यक्षतामा राप्रपा (प्रजातान्त्रिक) गठन

In नेपाल, मुख्य समाचार

 

काठमाडौँ, २२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठन गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ७५ केन्द्रीय सदस्य तथा २२ सांसदसहित नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा आज प्रक्रिया शुरु भएको नवगठित पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष कमल थापाले एक पक्षीय रूपमा निर्णय गर्ने गरेको, पार्टीको मूल सिद्धान्तका रूपमा रहेको हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाबाट संस्थापन पक्ष विचलित भएको, पार्टीमा कार्यकर्ताको उचित मूल्याङ्कन हुन नसकेकोलगायत आरोप लगाइएको छ ।

पछिल्लोपटक अध्यक्ष थापाले ४२ केन्द्रीय सदस्य मनोनयन गरी निरङ्कुश चरित्र प्रदर्शन गरेको भन्दै वरिष्ठ नेता राणा असन्तुष्ट बन्नुभएको थियो । उहाँ केही साताअगाडि पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा अनुपस्थित हुनुहुन्थ्यो ।

बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यले तत्कालीन राप्रपा नेपाल राप्रपासँग गत मङ्सिर ६ गते एकीकरण भई फागुन ६ मा एकता अधिवेशन भएको थियो । नवगठित पार्टीमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री सुनिल थापालगायत नेता हुनुहुन्छ ।

पार्टीले राष्ट्रिय निर्देशक समिति गठन गर्न नसकेका, सत्तालिप्सामा लागेका भन्दै एकीकरणलगत्तै पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आफ्नो अध्यक्षतामा छुट्टै एकीकृत राप्रपा(राष्ट्रवादी) पार्टी गठन गर्नुभएको थियो । रासस

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

रेडियो नेपालमा तालाबन्दी गर्न खाेज्ने नाै जना पत्रकार गिरफ्तार

काठमाडौं। रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निष्काशित पत्रकारको पुनःवहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी  गर्ने नाै जना पत्रकार

Read More...

नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौं। आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि सोही लय पछ्याएको छ।

Read More...

गण्डकी प्रदेशमा भ्रष्टाचार हुने जिल्लामा बागलुङ ५ औँ नम्वरमा

बागलुङ– गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौँ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu