एनआरएनए यूके महासचिवका उम्मेदवार भट्टराईको पक्षमा जनमत बन्दै

In मुख्य समाचार, यूके समाचार

 

लन्डन । एनआरएनए यूके महासचिवका उम्मेदवार फडिन्द्र भट्टराईको पक्षमा जनमत बन्दै गएको छ ।

महासचिवका बलियो दावेदार भट्टराईलाई जिताउन गुल्मी जिल्ला समाज यूकेले आफ्ना समस्त सदस्यहरुलाई निर्देशनात्मक अपिल गरेको छ । गुल्मी जिल्ला समाज यूके बेलायतको सम्भवतः सबैभन्दा ठूलो र सक्रिय सामाजिक संस्था हो । भट्टराई समाजका उपाध्यक्ष हुन् । समाजले भट्टराईसहित अन्य गुल्मेली उम्मेदवारहरुलाई निर्वाचनमा जिताउन ‘सर्कुलर’ जारी गरेको छ ।

भट्टराईले आफ्नो जनमत बलियो बन्दै गएको बताउंदै निर्वाचनमा विजय सुनिश्चित गराउन चाल्टन समाज यूके, लन्डन साउथ इष्टवासी नेपाली, मिडल्याण्डका नेपाली, सञ्चारकर्मी लगायत संघमा आवद्ध अग्रजहरु एकजुट भएको दावी गरे । महासचिव पदमा भट्टराईका प्रतिद्वन्द्वीहरु राजकुमार त्रिपाठी र खुशी लिम्बु छन् । त्रिपाठीले आफ्नो तयारी र दृढताले भन्दा पनि एउटा राजनीतिक पार्टीको भातृ संगठनको एउटा उद्दण्ड झुण्डको ‘उक्साहट’ मा लास्ट मिनेटमा उम्मेदवारी दिएका हुन् । अघिल्लो कार्यकालमा महासचिव छंदा संस्थामा ‘कु’ गर्न खोजेपछि उनले जनविश्वास गुमाएका थिए । उनलाई बेलायतस्थित नेपाली समुदायका धेरैले सधैं पराजित हुने उम्मेदवारका रुपमा लिन्छन् । जनजातीबीचमै अलोकप्रिय संघका वर्तमान प्रवक्ता लिम्बु भने झिनो सदस्य संख्या बटुलेर मैदानमा होमिएका छन् ।

दुई दशकदेखि बेलायत रहेका भट्टराई पत्रकारिता, साहित्य र समाजसेवामा उत्तिकै सक्रिय छन् । एनआरएनए यूकेमा सदस्य र सचिवको जिम्मेवारी वहन गरिसकेका उनले संस्थाको कार्यशैलीलाई चुस्त दुरुस्त राख्न डिजिटलाइज प्रणाली लागू गर्ने, भूपू गोर्खाका समस्या समाधानमा पहल गर्ने, नयां नेतृत्वको कार्यदिशामा पूर्ण सहयोग गर्ने, बेलायतका नेपाली संघसंस्थासंग समन्वय र सहकार्य गरि भातृत्व विकास गर्ने, बेलायतमा सिकेको ज्ञान र सीप नेपाल स्थानान्तरण गर्ने, नेपालको विकासमा बेलायतका नेपालीको सहयोग र संलग्नता बढाउने आदि एजेण्डा लिएर अगाडि बढेका छन् ।

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

विधायक फिर्ता लिन माग गर्दै ज्ञापन पत्र बुझाए

बागलुङ – सरकारले ल्याउन लागेको नेपाल मिडिया काउन्सिल सम्बन्धी बिधेयक र आमसंचार बिधेयकको पत्रकारले खारेजीको माग गरेका छन् । मंगलवार

Read More...

कडाई गर्दै फेसबुक, नीतिविपरित जानेलाई प्रतिबन्ध

वाशिंगटन । आफ्नो नीति विपरीत आतङ्कवाद र हिंसासँग सम्बन्धित सामग्री प्रसारण गर्ने प्रयोकर्ताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकले नयाँ

Read More...

बाग्लुङे युवाहरुले गरे ताराखोला – काठमाण्डौ विद्यार्थी मञ्चको गठन

काठमाडौ – बाग्लुङको ताराखोला घर भई राजधानी काठमाडौमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुद्वारा 'ताराखोला काठमाडौ विद्यार्थी मञ्च' को गठन गरिएको

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu