बेलायतका नेपाली पत्रकारले ब्रिटेनको हाउस अफ पार्लियामेन्ट अवलोकन गरे

BY: himalayamail In मुख्य समाचार, यूके समाचार

 

लन्डन । बेलायतमा कार्यरत नेपाली सञ्चारकर्मीहरुले सोमबार बेलायती संसद भवन (हाउस अफ पार्लियामेन्ट) अवलोकन भ्रमण गरेका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाको आयोजनामा भएको उक्त भ्रमणमा सञ्चारकर्मीहरुले ब्रिटेनको संसदीय व्यवस्थाबारे जानकारी लिए । उनीहरुले करिब डेढ घण्टा लामो भ्रमणमा तल्लो सदन हाउस अफ कमन्स र उपल्लो सदन हाउस अफ लर्डसको भ्रमण गरि ति निकाय कसरी सञ्चालन हुन्छन् भन्नेबारे जानकारी लिएका थिए ।

सञ्चारकर्मीलाई बेलायतको संसदीय व्यवस्था, तत्कालिन समयमा सदन र राजसंस्थाबीचको द्वन्द्व, भवनका विशेषता आदिबारे जानकारी दिइयो ।

संवैधानिक प्रजातन्त्रको जननी पनि भनिने ब्रिटिश संसद झण्डै ९०० वर्ष पुरानो भएको ठानिन्छ । तत्कालिन राजा जोनलाई स्वेच्छाचारी हुन नदिने र राजा र उनको सरकार कानुन भन्दा माथि नरहेको भन्ने सम्झौता म्याग्नाकार्टामा हस्ताक्षर गरेको पनि ८०० वर्ष पुरा भइसकेको छ । 
राष्ट्राध्यक्षलाई कुनै कार्यकारी अधिकार नरहेकाले ब्रिटेनको राजसंस्थाले कुनै गल्ती गर्दैन भन्ने भनाइ पनि प्रसिद्ध छ ।

ब्रिटेनमा लिखित संविधान छैन् तर राज्यका विभिन्न अंगबीच शक्ति पृथकीकरण, कानुनी शासनको सर्वोच्चता तथा स्वतन्त्र न्यायालयजस्ता प्रावधानका कारण ब्रिटेनको संवैधानिक प्रणाली संसारमै अनुकरणीय मानिन्छ ।

नेपालको २०१५ र २०४७ सालको संविधान ब्रिटेनको संसदीय प्रणालीबाट प्रभावित भएको जानकारहरु बताउंछन् ।

बेलायतको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद बीरेन्द्र शर्माको पहल र शाखा अध्यक्ष नरेश खपांगीमगरको नेतृत्वमा भ्रमण भएको थियो । अध्यक्ष खपांगीमगरले संसद भवन अवलोकन उपलव्धिमुलक र ज्ञानवर्धक रहेको बताए । उनले शाखाले पत्रकारहरुको क्षमता अभिवृद्धिलाई विशेष प्राथमिकतामा राखेको पनि उल्लेख गरे । भ्रमणको संयोजन शाखा सल्लाहकार नवीन पोखरेलले गरेका थिए । इकान्तिपुर

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

रोग मात्र हैन डर-त्रास पनि सर्छ, मानसिक स्वास्थ्यमापनि ध्यान दियौ: डा. सुमाया राई

By डा. सुमाया राई मार्च २९ को दिन एक समाचारले सबैको ध्यान आकृष्ट गरेको हुनु पर्छ त्यो के भने जर्मनीको

Read More...

स्पेनमा थप तीन जना नेपालीलाई कोरोना संक्रमण

बार्सिलोना,अप्रिल १ (जीएनएन) स्पेनमा थप ३ जना नेपालीलाई कोरोना संक्रमण भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै

Read More...

बेलायतमा रहेका हाम्रा पाका आमाबाबा हरूलाई कोरोना भाइरसबाट कसरी जोगाउन सकिन्छ?: डा.सुमाया राई

By डा. सुमाया राईसंसार भरी कोरोना भाइरसबाट संक्रमित संख्याको वास्तविक चित्रबाट हामी निकै टाढ़ाछौं । WHO ले उपलब्ध गराई

Read More...

Leave a Reply

Mobile Sliding Menu