अध्यक्ष गौचनको शव आज परिवारले बुझ्ने

In नेपाल, मुख्य समाचार

काठमाडौँ, २६ असोज (रासस) – नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको शव आज परिवारले बुझ्ने भएको छ ।

सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन हुनुभएका गौचनको हत्यारालाई चाँडै पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई शहिद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायतका माग राखी गौचनको शव महासंघ र परिवारले बुझ्न मानेका थिएनन् ।

गौचनका काका ओमकार गौचनका अनुसार महासंघ र गृहमन्त्रीको बुधबार भएको भेटमा गौचनलाई शहिद घोषणा गर्न गृहमन्त्री सकारात्मक देखिएको र आगामी बस्ने मन्त्रिपरिषद्को बैठकमा उक्त प्रस्ताव लैजाने आश्वासन दिएपछि शव बुझ्न लागिएको बताउनुभयो । यस्तै, गृहमन्त्रीले व्यवसायीको सुरक्षा दिने समेत प्रतिबद्धता जनाउनुभएको थियो ।

महासंघका एसोशियट सदस्य शिवहरि घिमिरेले मृतक गौचनको शवलाई श्रद्धाञ्जलिका लागि आज बिहान ९ बजेदेखि १२ बजेसम्म महासंघको कार्यालय बिजुलीबजारमा राखिने बताउनुभयो । ‘महासंघमा श्रद्धाञ्जलिका लागि राखिएपछि थकाली सेवा समाज बालाजुमा पनि श्रद्धाञ्जलिका लागि राखिनेछ’– सदस्य घिमिरेले भन्नुभयो ।

अध्यक्ष गौचनको हत्याको विरोधमा आज एक घण्टा काठमाडौँका विभिन्न ठाउँमा चक्काजाम तथा भोलि मुख्य राजमार्गमा चक्काजाम गरिने महासंघले जनाएको छ ।

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

सिके राउतको दल निर्वाचन आयोगमा दर्ता भयो

काठमाडौं : सिके राउत नेतृत्वको जनमत पार्टी आज सोमबार निर्वाचन आयोगमा वैधानिक रुपमा दर्ता भएको छ । खुला राजनीतिमा आएपछि सिके

Read More...

त्रिशूली थ्री ‘ए’बाट २६२० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा थपियो

बेत्रावती । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले

Read More...

दाउरा भए पनि ग्यासको प्रयोग

ललितपुर । ललितपुरको महाङ्काल गाउँपालिकाभित्र आवश्यक मात्रामा दाउराको सुविधा भए पनि यहाँका छ सय घरधुरीले खाना पकाउने ग्यासको प्रयोग

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu