बेलायतमा प्रियंकाको ‘क्रेज’

In मुख्य समाचार, यूके समाचार

 

लन्डन । नायिका प्रियंका कार्कीलाई बेलायत अहिले पानी पधेंरो जस्तै भएको छ । आइतबार अल्डरसटमा भएको ‘हयाप्पी डेज’ को रेड कार्पेट प्रिमियर शोका लागि यसपटक दुई दिनका लागिमात्र बेलायत आएकी प्रियंका सोमबार नेपाल फर्किसकेकी छन् । तर, उनी फेरि छिट्टै यूके आउंदैछिन् नयां चलचित्र छायांकनका लागि । ‘लिली बिली’ चलचित्रमा उनको समेत भूमिका भएपछि प्रियंका आफ्ना केही काम सकेर फेरि बेलायत आउने हयाप्पी डेजका निर्देशक मिलन चाम्सले बताए । चाम्सले नै निर्देशन गर्ने ‘लिली बिली’ छायांकनका लागि धिरेन शाक्य, प्रदीप खड्का लगायत कलाकारहरुको टोली स्कटल्याण्ड पुगिसकेको छ । ‘हयाप्पी डेज’ को छायांकनका क्रममा पनि प्रियंकासहितको टिम झण्डै डेढ महिना बेलायत बसेको थियो ।

आइतबार अल्डरसटस्थित प्रिन्सेस हलमा आयोजित ‘हयाप्पी डेज’ को रेड कार्पेट प्रिमियर शोमा प्रियंका दर्शकमाझ घेरिइन् । उनीसंग सेल्फी लिन तंछाडमंछाड गर्दै थिए दर्शक ।

बेलायतका नेपाली व्यवसायीले निर्माण गरेको चलचित्र ‘हयाप्पी डेज’ को रेड कार्पेट शो भव्य रुपमा सम्पन्न भयो । शो शुरु हुनु अघि कलाकारहरु प्रियंका कार्की, धिरेन शाक्य, प्रदीप खड्का, दीया पुन लिमोजिनबाट उत्रंदा दर्शकहरुले तालीले न्यानो स्वागत गरेका थिए । उक्त अवसरमा पाइपर धुन बजाइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली चलचित्र र कलाकारहरुलाई माया र सम्मान गर्न अनुरोध गरे ।प्रिमियर शोमा एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य र उक्त फिल्मका निर्देशक मिलन चाम्सले पनि मन्तव्य दिएका थिए ।

वी पी खनाल, हिरल जोशी, भवानी शर्मा, मिलन चाम्स र डा. अशोक बन्सालले निर्माण गरेको ‘हयाप्पी डेज’ ले आम नेपालीको बेलायत टेक्ने सपना, रातो पासपोर्टको महत्वकांक्षा, आप्रवासीले भोग्नुपर्ने अप्ठेरो जस्ता सामाजिक विषयवस्तुलाई उजागर गरेको छ ।

उक्त फिल्ममा स्कटल्याण्ड, वेल्स र इंग्ल्याण्डका रमणीय दृश्यहरु समेटिएको छ । नेपालबाट आएका कलाकार र प्राविधिकहरु करिब डेढ महिना बेलायतमै बसेर ९५ प्रतिशत छायांकन यहीं गरिएकाले चलचित्रको लगानी अढाइ करोड रुपैयां पुगेको निर्माण पक्षले बताएका छन् । फिल्ममा प्रियंका, दयाहाङ राई, सन्जय गुप्ता, विक्की जोशी, मोनिका गुरुङ आदि कलाकारको मुख्य भूमिका छ ।

‘हयाप्पी डेज’ नेपालमा आगामी माघ १२ देखि प्रदर्शन हुनेछ ।

तस्विर- मिलन तमु

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

सुरु भयो साकेला

धरान : किराती समुदायको महान पर्व उभौली (साकेला) शनिबारदेखि सुरु भएको छ। बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा किराती बस्तीमा

Read More...

प्रधानमन्त्री कप क्रिकेट १० गतेबाट

काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० गते शुरु हुने भएको छ  । राष्ट्रिय खेलकुद

Read More...

अमेरिकी तेल कम्पनीले विदेशी कामदार हटायो

बग्दाद । अमेरिकी एक्सन मोबिल तेल कम्पनीले दक्षिणी इराकको वेस्ट कुर्ना वन, बसरास्थित तेल प्रशोधन केन्द्रमा रहेका विदेशी कामदारलाई

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu