सरकार गठनबारे ओली दाहाल यस्तो सांठगांठ

In नेपाल, मुख्य समाचार

 

काठमाडौँ, २९ मंसिर – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज मुलुकको पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको छ ।

अपराह्न काठमाडौँमा भएको भेटवार्तामा उहाँहरुबीच नयाँ सरकार गठन, पार्टी एकता प्रक्रिया, राष्ट्रियसभाको गठनलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिनुभयो ।

अध्यक्षद्वयबीचको छलफलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र वाम गठबन्धन परिणाममुखी भएको निष्कर्ष निकालेको छ ।

उहाँहरुबीच भएको छलफलमा सरकार गठन र पार्टी एकतालाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई बलियो बनाएर लैजाने समझदारी पनि भएको छ । आजको छलफल अत्यन्तै सकारात्मक भएको र आवश्यक गृहकार्य गरेर अघि बढ्ने दुई अध्यक्षबीच समझदारी बनेको प्रेस संयोजक तिमल्सिनाले बताउनुभयो ।

राष्ट्रपति ओलीबीच समसामयिक विषयमा छलफल

राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज मुलुकको समसामयिक परिस्थितिबारे छलफल भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ भेट भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

यसअघि बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष भेट गरी निर्वाचनपछिको राजनीतिक परिस्थिति र मुलुकको आर्थिक समृद्धिका लागि दलीय सहकार्यलगायत विषयमा कुराकानी गर्नुभएको थियो । रासस

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

काङ्ग्रेसद्वारा दुःख व्यक्त

नेपाली काङ्ग्रेसले पार्टीका नेता सर्लाही निवासी रामबालक सिंहको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका

Read More...

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

धादिङको नौबिसेमा मोटरसाइकल दुर्घटनामा चालकको आइतबार राति मृत्यु भएको छ । धार्केबजारबाट नौबिसेतर्फ जाँदै गरेको बा ३५ प

Read More...

बाघको छालासहित गल्छीबाट तीन पक्राउ

धादिङ : धादिङको गल्छीबाट बाघको छालासहित तीनजना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सक्रियतामा, प्रहरी चौकी गल्छी र डिभिजन

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu