नयां वर्षमा उत्तर कोरियाली शासकको यस्तो आणविक चेतावनी

In English, मुख्य समाचार

 

न्यूयोर्क, संयुक्त राज्य अमेरिका, १७ पुस – उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै आणविक हतियारको साँचो सधैँ आफ्नो टेबलमा हुने बताउनुभएको छ ।

नयाँ बर्षको सन्दर्भमा राष्ट्रवासीका नाममा दिएको सम्बोधनको अमेरिकी समाचार संस्था सिएनएनद्वारा गरेको अनुवादमा उद्धृत गरिएको छ, ‘अमेरिकाको सम्पूर्ण मुख्यस्थानहरू उत्तर कोरियाको आणविक हतियारको पहुँचभित्र रहेको र साँचो सधैँ मेरो कार्यालयको टेबलमा रहन्छ । उनीहरू (अमेरिकी) ले यसलाई धम्की होइन यथार्थको रूपमा लिनु जरुरी छ ।’

नेता उनले थप्नुभयो, ‘उत्तर कोरिया आणविक हतियार सम्पन्न एक जिम्मेवार राष्ट्र हो र शान्ति चाहन्छ ।’ उहाँले तत्काल आणविक हतियारको प्रयोग हुने स्थिति नभएको बताउँदै भन्नुभयो, ‘संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाविरुद्ध युद्ध शुरु गर्न सक्दैन । हामी विरुद्ध उत्तेजित भएर नआउँदासम्म हामीले आणविक हतियार प्रयोग गर्न चाहेका छैनौ ।’

यसबाहेक उत्तर कोरियाको राज्य सञ्चालित समाचार संस्था केसिएनएले शनिबार एक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०१८ लाई आणविक हतियार विकाशको बर्ष बनाउन प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिवेदनमा उत्तर कोरियाले आफ्नो नीति परिवर्तन गर्ने बिषयमा अपेक्षा नगर्न भनिएको छ । ‘यसको अस्तित्व अजेय शक्तिमा रहेको छ जुन न त बेवास्ता गर्न सकिन्छ न अन्त्य गर्न नै सकिन्छ ।’

अमेरिका र कोरियाली प्रायद्वीपमा देखिएको तनावबीच उत्तर कोरियाले सन् २०१७ को सेप्टेम्बरमा गरेको विशाल आणविक क्षेप्यास्त्रको परीक्षण साथै नोभेम्बरमा शक्तिशाली आसिविएमले विश्वले चासो व्यक्त गर्दै आएको छ ।

रासस-एएन्आइ

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

रेडियो नेपालमा तालाबन्दी गर्न खाेज्ने नाै जना पत्रकार गिरफ्तार

काठमाडौं। रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निष्काशित पत्रकारको पुनःवहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी  गर्ने नाै जना पत्रकार

Read More...

नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौं। आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि सोही लय पछ्याएको छ।

Read More...

गण्डकी प्रदेशमा भ्रष्टाचार हुने जिल्लामा बागलुङ ५ औँ नम्वरमा

बागलुङ– गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौँ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu