लक्ष्य गुरुङको चुनावी अभियानमा प्रधानमन्त्री मेको साथ

In मुख्य समाचार, यूके समाचार

लण्डन । बेलायती प्रधानमन्त्री टरीजा मे लण्डनमा स्थानीय निकायको चुनाव लड्दै गरेका लक्ष्य गुरुङको चुनावी अभियानमा सामेल भएकी छन् ।

लण्डन बरो अफ बार्नेटमा सत्तारुढ कञ्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलर पदका उम्मेदवार लक्ष्य गुरुङलाई प्रधानमन्त्री मेले विजयको लागि शुभकामना दिंदै उनको प्रचारमा समेत सहभागी बनेकी हुन् । मेले गुरुङसंग चुनावी अभियान कसरी अघि बढ्दैछ भन्ने जिज्ञाशा राखेकी थिइन् ।

“चुनावी अभियानमा हामी सबै उम्मेदवारहरुलाई सघाउन प्रधानमन्त्री आफै आउँदा हामीहरु एकछिन त आश्चर्यचकित भयौं। उहाँसंगको कुराकानीबाट मैले उहाँ निकै सहृदयी, इमान्दार र अरुको ख्याल गर्ने खालको नेता भएको अनुभव गरें,” गुरुङले भने ।

शनिबार बिहान आफ्नो पार्टीको चुनावी अभियानबारे बुझ्न प्रधानमन्त्री लण्डनको बार्नेट काउन्सिलमा पुगेकी थिइन् ।
सोही काउन्सिलको हेल वार्डबाट गुरुङलाई कञ्जरभेटिभ पार्टीले आफ्नो उम्मेदवार बनाएको हो । “अहिलेसम्म मैले मतदाताहरुबाट निकै सकारात्मक र उत्साहपूर्ण प्रतिकृया पाइरहेको छु,” उनले भने ।

आउँदो मे ३ तारिखका दिन हुन गैरहेको चुनावमा सत्तारुढ कञ्जरभेटिभ पार्टीले मुख्य विपक्षी लेबर पार्टीबाट कडा चुनौती व्यहोर्नु पर्ने आँकलन गरिंदै रहेका बेला आफ्नो पार्टीका उम्मेदवारहरुको मनोबल बढाउन प्रधानमन्त्री मे आफै चुनावी अभियानमा सहभागी भएकी थिइन् ।

यसअघि उनको चुनावी अभियानमा हेण्डन क्षेत्रको प्रतिनिधित्व गर्ने सांसद डा. म्याथु अफोर्ड पनि सहभागी भएका थिए ।

बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्ष गुरुङ गैरआवासीय नेपाली संघको युरोप क्षेत्रमा पूर्व उपसंयोजक पनि हुन् ।

उनलाई हालै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले गोर्खासंबन्धी सहयोग उपसमितिको अध्यक्षमा मनोनयन गरेको छ।

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

विधायक फिर्ता लिन माग गर्दै ज्ञापन पत्र बुझाए

बागलुङ – सरकारले ल्याउन लागेको नेपाल मिडिया काउन्सिल सम्बन्धी बिधेयक र आमसंचार बिधेयकको पत्रकारले खारेजीको माग गरेका छन् । मंगलवार

Read More...

कडाई गर्दै फेसबुक, नीतिविपरित जानेलाई प्रतिबन्ध

वाशिंगटन । आफ्नो नीति विपरीत आतङ्कवाद र हिंसासँग सम्बन्धित सामग्री प्रसारण गर्ने प्रयोकर्ताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकले नयाँ

Read More...

बाग्लुङे युवाहरुले गरे ताराखोला – काठमाण्डौ विद्यार्थी मञ्चको गठन

काठमाडौ – बाग्लुङको ताराखोला घर भई राजधानी काठमाडौमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुद्वारा 'ताराखोला काठमाडौ विद्यार्थी मञ्च' को गठन गरिएको

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu