राष्ट्रपति निर्वाचन फागुन २१ गते गर्ने विषयमा दलहरुबीच सहमति

In नेपाल, मुख्य समाचार

 

काठमाडाँै, ३ फागुन – राष्ट्रपतिको निर्वाचन यही फागुन २१ गते गर्ने विषयमा दलहरुबीच सहमति भएको छ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग आज गरेको छलफलमा राष्ट्रपतिको निर्वाचन फागुन २१ गते गर्ने आयोगको प्रस्तावमा सहमति भएको नेकपा (एमाले) का नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति घोषणा, निर्वाचनको तयारी, राजनीतिक संवाद संयन्त्र गठनलगायतका विषयमा राजनीतिक दलका प्रतिनिधिसंग विस्तृतरुपमा छलफल भएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले विभिन्न सरोकारवालासँग छलफल गरेर फागुन महिनाभित्रै निर्वाचन सम्पन्न गर्ने गरी आयोगले मिति घोषणा गर्ने जानकारी दिनुभयो ।

आयोगकातर्फबाट यही फागुन महिनाको अन्त्यसम्म राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्ने कार्यतालिकासहितको प्रस्तावलाई दलहरूले समर्थन गरेका थिए ।

राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डल रहने र संघीय संसदका सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ रहने प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यसैबीच राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरेका उम्मेदवारहरूलाई निर्वाचन खर्च समयमै बुझाउन आयोगले दलहरूसँग आग्रह पनि गरेको छ ।

छलफलमा नेकपा (एमाले) का नेता राजेन्द्र पाण्डे, अग्नि खरेल, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, डा. मीनेन्द्र रिजाल, नेकपा (माओवादी केन्द्र)का नारायणकाजी श्रेष्ठ र प्रल्हाद बुढाथोकी, राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो र केशव झा तथा संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ र डा. शिवजी यादव सहभागी हुनुहुन्थ्यो ।

रासस

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

चन्दका जिल्ला इञ्चार्ज पक्राउ

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमपूर्वका जिल्ला इञ्चार्ज कर्णबहादुर नकाल ‘शिविर’ लाई पक्राउ गरिएको छ । रुकुमपश्चिम जिल्ला

Read More...

कार्यकर्तालाई संयमता अपनाउन समाजवादीको पार्टीको निर्देशन

काठमाडौं । पार्टी अध्यक्ष  तथा उपप्रधानमन्त्री उपेन्द्र यादवको एक अन्तर्वार्तालाई लिएर पर्साको वीरगञ्जस्थित एभिन्यूज टेलिभिजनको ब्यूरो कार्यालयमा तोडफोड भएपछि

Read More...

दुई वर्षभित्र गण्डकी उज्यालो प्रदेश बनाइने

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई वर्षभित्र गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाइने बताएका छन् । तनहुँको

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu