वाम गठबन्धन र फोरमबीचको छलफल सहमति नजिक

In नेपाल, मुख्य समाचार

 

काठमाडौँ, १७ फागुन (रासस) – वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताबीच संविधान संशोधन र सरकार विस्तारबारे भएको छलफल सहमति नजिक पुगेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकबारे जानकारी दिँदै फोरमका नेता राजेन्द्र श्रेष्ठले भन्नुभयो, “छलफल जारी छ, हामी बीचमा भएका अनौपचारिक छलफललाई पार्टीमा आन्तरिक छलफल गरी अनुमोदन गर्दै औपचारिक सहमति गरिनेछ ।”

मधेश आन्दोलनका क्रममा उठाएका मागका आधारमा संविधान संशोधनसँगै राजनीतिक सहकार्य गर्नेबारेसमेत छलफल भएको नेता श्रेष्ठको भनाइ छ ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा, (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीपकुमार ज्ञवाली र फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र नेताहरु राजेन्द्र श्रेष्ठ, रामसहाय यादवको उपस्थिति रहेको थियो ।

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

महिलालाई फोन गरेर जिस्क्याउने दुईजना पक्राउ

वीरगञ्ज । फोन गरेर महिलालाई जिस्क्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको देवताल गाउँपालिका– २ बस्ने २० बर्षीय

Read More...

प्रधानमन्त्री ओलीलाई चुनौति दिँदै गृहमन्त्री थापाले भनेः एमसीसी अस्वीकार्य

सुर्खेत। गृहमन्त्री राम बहादुर थापाले नेपाल सरकराले एमसीसी सम्झौता अस्वीकार गर्ने बताएका छन्। गृह मन्त्रालयले आयोजना गरेको सुरक्षा गोष्ठीमा

Read More...

राष्ट्रपतिद्वारा सोनाम ल्होसारको शुभकामना व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायले मनाउने महान् पर्व सोनाम ल्होसार जस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu