समाजसेवी सूर्य गुरुङको अर्को पूण्यकाम, वार्षिकोत्सवमा विद्यालयलाई ६ लाख

In मुख्य समाचार, यूके समाचार

लन्डन । एनआरएनए यूकेका पूर्व अध्यक्ष तथा समाजसेवी सूर्य गुरुङले नेपालमा एक विद्यालय पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने भएका छन् । गुरुङले फार्नबोरोस्थित आफ्नो गोर्खा प्यालेस रेष्टुरेन्टको १९ औं वार्षिकोत्सवमा च्यारिटी डिनर गरि संकलित ६ लाख रुपैयां कास्कीको एक विद्यालयलाई दिने भएका हुन् ।

समाजसेवी गुरुङले गत आइतबार रेष्टुरेन्टमा आयोजित च्यारिटी डिनर कार्यक्रममा संकलित ४२ सय पाउण्ड (करिब ६ लाख रुपैयां) कास्की भेडाबारीस्थित बराह सेकेन्डरी स्कुललाई प्रदान गर्ने घोषणा गरेका छन् ।

गुरुङले विगत १९ वर्षदेखि वार्षिकोत्सवमा हरेक वर्ष नेपाल र बेलायतको च्यारिटीमा सहयोग गर्दै आएका छन् ।

वार्षिकोत्सवलाई च्यारिटीसंग जोडेर धेरथोर सहयोग गर्ने भावना जागृत भएको बताउंदै गुरुङले सहयोगदाता सबैप्रति आभार व्यक्त गरे ।

च्यारिटी डिनर कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण, स्थानीय सांसद लियो डोचेर्टी, पूर्व मन्त्री तथा सांसद सर जेराल्ड होवार्थ लगायतले रेष्टुरेन्टको सामाजिक कार्यको प्रशंसा गर्दै अझ व्यवसायिक सफलताको शुभकामना दिए । सांसद लियोले पछि टवीट समेत गरि कार्यक्रम र गुरुङको प्रशंसा गरेका थिए ।

कार्यक्रममा रसमोर काउन्सिल लिडर डेभिड क्लीफोर्ड, पूर्व मेयर मार्टिन टिनेन्ट, मेयरेस मिस अटिक्का चौधरी लगायत सयौं सहभागी थिए । कार्यक्रममा सञ्चालक गुरुङकी सुपुत्री ११ वर्षीया सिल्भियाले स्वागत मन्तव्य दिएकी थिइन् ।

उक्त अवसरमा राफल ड्र, अक्सन (लिलाम बढाबढ) र बिंगो समेत खेलाइएको थियो ।

बेलायतको नेपाली समुदायमा प्रतिष्ठित एनआरएनए यूके पूर्व अध्यक्ष गुरुङलाई कतिपयले ‘च्यारिटी किङ’ को उपाधि समेत दिएका छन् ।

तस्विर- मिलन तमु

 

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

आठाैं राष्ट्रिय खेलकुद भव्य रुपमा सम्पन्न

नेपालगन्ज : दुई वर्षपछि गण्डकी प्रदेशमा भेट्ने वाचासहित आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन भएको छ । बुधबार आयोजित भव्य समारोहका

Read More...

विष्णु पौडेल निर्दोष भए बालुवाटार जग्गा प्रकरणमा दोषी को?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलले पछिल्ला दुई सातामा दुइटा विज्ञप्ति निकालेर बालुवाटार जग्गा प्रकरणमा आफ्नो संग्लनता भए

Read More...

अब एटिएमबाट पैसा निकाल्न कार्ड नचाहिने

अब कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न पाइने भएको छ। सिभिल बैंकसँगको सहकार्यमा हाम्रो टेक्नोलोजी प्रा.लि.ले ‘कार्डरहित एटिएम भुक्तानी’

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu