साउदीको जेल परेका प्रेम राईलाई छुटाउन अब केहि रकम अपुग: NRNA र सरकारको आस

In नेपाल, सुचना

प्रेम राई बचाऊ अभियानबाट ६९ लाख रकम संकलन भएको छ । प्रेम बचाऊ अभियान मूल समितिद्वारा खोलिएको नेपाल इन्भेष्टमेन्ट बैंक धुम्बाराही शाखाको खातामा २५ लाख, कृष्ण कँडेलद्धारा सञ्चालित कार्यक्रम इन्दे्रणी मार्फत ३० लाख, गल्फ कन्ट्रि भातृ संगठन जिफण्टमार्फत ९ लाख र प्रेमका दाइ चक्रबहादुर राईको संयोजकत्वमा चलाईएको प्रेम बचाऊ अभियान कुवेतमा ५ लाख रकम संकलन भइसकेको र जम्मा भएको भनिएको रकम सबै बैंक खातामा आइनपुगेको प्रेम बचाऊ अभियान मूल समिति काठमाडौंकी अनिता राईले जानकारी दिनुभयो ।  प्रेमलाइ जीवित घर फर्काउन पिडित परिवारले गैर अवासिय नेपाली संघ र सरकारको पहलको अपेक्षा गरेका छन् ।

गैर आवासीय नेपाली संघले जम्मा लाग्ने रकमको १० प्रतिसत हिस्सा बेहोर्ने र नेपाल सरकारतर्फबाट आवस्यक सम्पूर्ण कानुनी, कुटनीतिक लगायतका प्रक्रियाको पहल गरिने र दुतावासले हालसम्म प्रेमलाई सुनाइएको फैसलाको प्रतिलिलिपी हासिल गर्न सहयोग पुर्याएको प्रेम बचाऊ अभियान मूल समिति, काठमान्डूका संयोजक, चन्द्र सिंह कुलुंगले बताउनु भयो ।

प्रेमलाई नेपाल फर्किनका लागि झण्डै ९५ लाख रुपैयाँ तिर्नुपर्छ । पैसा नतिरी जेलबाट छुट्न नपाउने भएपछि अहिले देश तथा विदेशमा प्रेम बचाऊ अभियान सुरु भएको छ ।

प्रेम कसरी जेल परे
प्रेमबहादुर राई(राजु) सन् २०१२ जुन १२ मा क्राउन इन्प्लोइमेन्ट प्रालि काठमाडौंबाट साउदी जानुभएको हो । साउदीमा अल सहलावी होल्डिङ कम्पनीको गाडी (लहरी) चालकको चलाउनुहुन्थ्यो । सन् २०१५ सेप्टेम्बर ४ मा प्रेम घरविदामा पनि आउनुभएको थियो ।

बिदा सक्काएर १ जनवरी २०१६ मा उहाँ साउदी फर्किनुभयो । घरबाट फर्किएको दुई महिनामै प्रेमले चलाएको गाडी हरायो । रियादको जनदियाको पार्किङमा गाडी रोकेर प्रेम साथी भेट्न जानुभयो । साथी भेटेर फर्किदा उहाँले गाडी पार्किङमा भेट्नुभएन । घट्नास्थल प्रेमको कम्पनी भन्दा १० किलोमिटर टाढा हो ।

हराएको गाडी साउदीको रोमा भन्ने स्थानमा दुई दिन पछि भेटियो तर तोडफोड भएको अवस्थामा । गाडीमा बोकेको सामान पनि थिएन । सिसा फुटेको र सामान हराएकोमा प्रेमलाई पक्राउ गरी दुई महिना जेल र ५० कोर्रा सजाय दिइएको थियो ।
सजाय सक्काएर घर फर्किने तयारी रहेका प्रेमलाई कम्पनीले फेरि आफूले दिएको निर्देशन तथा बाटो बदलेको र १३ घण्टा सडकमा बिताएको भन्दै चालक दोषी रहेको दावी गर्‍यो । त्यसपछि अदालतले तीन लाख १० हजार रियाल अर्थात झण्डै ९५ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनायो ।
प्रेमसँग न क्षतिपूर्ति तिर्ने पैसा थियो नत निर्दोष छु भनेर सावित गर्ने कुनै आधार । जिपिएस प्रणालीमार्फत बाटो पछ्याउँदै गाडी कुद्ने भएपनि प्रेम निर्दोष सावित हुन सक्नुभएन । घर फर्किन विमानस्थल पुगेका प्रेमलाई विमानस्थलबाटै पक्राउ गरिएको सरिता राईले बताउनुभयो

क्षतिपूर्ति नतिरी घर फर्किन नपाउने भएपछि प्रेम साउदीको जेलमै हुनुहुन्छ । देश विदेशबाट उहाँलाई नेपाल फर्काउनका लागि रकम जुटिरहेको छ ।

श्रीमानलाई नेपाल फर्काउछु भन्ने आशा पलायो
६९ लाख रुपैयाँ उठेपछि सरितालाई श्रीमान् फर्किआउने आश पनि बढेको छ । बाँकी २६ लाख रकम रुपैयाँ संकलनमा सबैले सहयोग गर्नेमा उहाँ विस्वस्त पनि हुनुहुन्छ । फर्किआउलान भन्ने आश पलाएपनि पैसा जम्मा भइसक्दा श्रीमानको स्वास्थ्य कस्तो हुने हो भन्ने चिन्ताले सरितालाई साताएको छ ।

आर्थिक सहयोग गर्न चाहनुहुने व्यक्तिहरूले निम्न खाता नम्बरमा सोझै रकम जम्मा गरिदिन अनुरोध गरिएको छ ।
खाता नं. ०२९०५०३०२८५१७९
बैंक ः नेपाल इन्भेष्टमेण्ट बैंक लि., धुम्बाराही शाखा, काठमाडौं ।
स्विफ्ट कोडः NIBLNPKT
खाताको नामः – अनिता राई/ईन्द्रबहादुर राई/सरिता राई

बैंकमा सोझै सहयोग जम्मा गर्ने दाताहरूले रकम डिपोजिट गरेको स्लिप स्क्यान गरी प्रेम बचाउन अभियान मूलसमितिका संयोजक Chandra Singh Kulung आइडीको मेसेन्जरमा पठाइदिन र दाताहरूले आफ्नो नाम गोप्य राख्न चाहेमा जानकारी गराउन अनुरोध गरिएको छ  ।

साथै देश विदेशबाट सोझै आइएमई, वेस्टन युनियन, प्रभु मनि ट्रान्स्फर, हिमाल रेमिट लगायत विभिन्न विश्वाशीलो रेमिट्यान्स पठाउने एजेन्सीहरूमार्फत पठाउन चाहनेले रकम संकलनका लागि निम्न लिखित संयुक्त खातावालाहरूमध्ये कुनै एकजनासँग सम्पर्क गरी सहयोग रकम पठाउन सक्नु हुने छ ।
१. अनिता राई, सम्पर्क नं. ९७७–९८६१२९२६६५
२. ईन्द्रबहादुर राई, सम्पर्क नं. ९७७–९८५११५८०१२
३. सरिता राई, सम्पर्क नं. ९७७–९८१५९९१०८८ (प्रेमकी श्रीमती)

काठमाडौं उपत्यका अतिरिक्त देश तथा विदेशमा रहेका कुनै सामाजिक संघसंस्था, सहयोगी समूह वा व्यक्तिले प्रेम बचाउ अभियानलाई कुनै पनि प्रकारको सहयोग गर्न चाहेमा यस मूल समितिका अनिता राईसँग ९७७–९८६१२९२६६५ मा वा संयोजकको नम्बरमा सम्पर्क राख्नुहुन अनुरोध गरिएको छ ।

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

‘मिडिया काउन्सिल विधेयक’बारे कावा प्रधानमन्त्री र सम्पादकबीच छलफल

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले ‘मिडिया काउन्सिल विधेयक’बारेको विवाद साम्य पार्न बिहीबार विभिन्न राष्ट्रिय सञ्चारमाध्यमका सम्पादकसँग सिंहदरबारमा छलफल

Read More...

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । घुस मागेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल ४१ नं गुल्म बुटवलमा कार्यरत जवान भेषेन्द्र

Read More...

विप्लव समूहका एरिया इञ्चार्जद्वारा राजीनामा

सप्तरी। पार्टीले लिएको ध्वंशात्मक गतिविधि देशको समृद्धि र विकासका लागि बाधक भएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका एक नेताले

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu