ट्रायलमा उर्तीण गराउने भन्दै सेवाग्राहीसँग रकम असुल्ने यातायातका कर्मचारी पक्राउ

In नेपाल, मुख्य समाचार, समाचार, सुचना

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग ललितपुरमा कार्यरत चार जनालाई नियन्त्रणमा लिएको छ।

आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उर्तीण गराइदिने भन्दै सेवाग्राहीसँग पैसा लिने प्रहरी नायब निरीक्षक श्रीराम तिवारी, खरिदार कमल स्याङतान तथा सहयोगीद्वय हपरबहादुर थापा र मीनबहादुर तामाङलाई पक्राउ गरिएको हो।

सवारी चालकको अनुमतिपत्र दिने प्रयोजनमा उनीहरुले पैसा लिएर परीक्षामा सहभागी नै नगराई उर्तीण गराउने गरेका थिए। उनीहरु मध्ये तिवारी यही जेठ ४ गते र अन्य आइतबार पक्राउ परेका हुन्।

यस्तै आयोगले हुम्लाको साविक मैला र मदना गाविसका हाल ताजाकोट गाउँपालिका–५ का वडासचिव गोपालचन्द्र लामालाई रु २४ लाख ५० हजार सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको अभियोगमा आइतबार पक्राउ गरिएको छ।

सचिव लामाले सामाजिक सुरक्षा भत्ता र पूँजीगत रकम हिनामिना गरी व्यक्तिगत लाभ लिएको अभियोगमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ।
डिसी नेपाल

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

लागुऔषध र मापसेबाट दुईको मृत्यु

विराटनगर : अत्याधिक मात्रामा लागुऔषध र मादक पदार्थ सेवनका कारण मोरङमा बिहीबार दिउसो दुईजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–४ स्थित

Read More...

बलेवामा ३ दिने आँखा शिविर सम्पन्न

बागलुङ – दुरदराजमा आँखाको उपचारबाट बञ्चित भएकाहरुलाई यहाँका केही संस्थाले संयुक्तरुपमा शिविर सञ्चालन गरेर सेवा दिएका छन् । बागलुङ नगरपालिका–१४

Read More...

जुम्लामा भिरबाट खसेर आमाछोराको मृत्यु

खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिका–७ ताँम्तीमा भिरबाट खसेर आमाछोराको मृत्यु भएको छ। गाई चराउन गएका बेला भिरबाट खसेर उनीहरुको मृत्यु

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu